७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कोरोना संक्रमणबाट पर्सामा थप १ जनाको मृत्यु


१७ साउन, पर्सा । पर्साको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचाररत १ जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । वीरगञ्ज १६ नगवाकी ५० वर्षीय महिलामा ज्वरो र निमोनिया भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएकाे थियाे । उपचारका क्रममा शुक्रबार बिहान उनकाे मृत्यु भएको छ ।

फाइल फाेटाे

बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । शुक्रबार राति  मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएकाे नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिएका छन् ।  यो सँगै पर्सामा कोरोना संक्रमणका कारण मुत्यु हुनेकाे  १४ पुगेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार १७:३३