७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

-रामलाल श्रेष्ठ

केहि मानिसहरू संसारलाइ आफ्नो इच्छा अनुसार देख्न वा निर्माण गर्न चाहन्छन भने केही मानिसहरु मानिसको इच्छा अनुसार संसार लाई निर्माण गर्न सकिदैन भन्ने धारणा राख्दछन । मानिसको इच्छा वा चाहना अनुसार संसार वा समाज निर्माण हुदैन, संसार वा समाज आफ्नै नियम अनुसार निर्माण हुदै जान्छ। मानिसको इच्छा वा चाहना अनुसार समाज वा संसारलाई देख्ने वा हेर्ने दर्शनको एउटा पाटो हो भने समाज वा संसारको निर्माणको वा परिवर्तन को प्राकृतिक नियम देख्ने वा बुझ्ने दर्शनको अर्को पाटो हो।

संसारमा एक थरी दार्शनिकहरू समाज र संसारलाई आफ्नो इच्छाअनुसार यस्तो समाज र संसार चाही मानिसको लागि सवभन्दा उत्तम समाज वा संसार हो भन्दै समाज र संसारको ब्याख्या गर्दछन भने अर्काथरी दार्शनिकहरु मानिसको इच्छा वा चाहना ले समाज र संसारको परिवर्तन हुदैन, समाज र संसार परिवर्तन हुने निश्चित नियम हुन्छ त्यो नियम बुझ्नु वा देख्नु र त्यसको ब्याख्या गर्नु नै दर्शन हो।

समाज वा संसारको मानिसको इच्छा वा चाहनाको आधारमा रुपान्तरण को ब्याख्या गर्ने र समाज वा संसारको प्राकृतिक नियमको रुपान्तरणको ब्याख्या गर्ने काम दर्शनले गर्दछ । दर्शन भनेको जीवन र जगत लाई बिभिन्न आयामहरूमा ब्याख्या गर्ने वा वुझ्ने बिधा हो।

जीवन र जगत घडि जस्तो हैन नदी जस्तो हो !

जीवन र जगतलाई घडि जस्तो हो भन्दै यान्त्रिक युगमा पु-याउने श्रेय आडम स्मिथलाई जान्छ। यन्त्रको निर्माण मानिसले गर्दछ र यन्त्रले काम गर्न छोडेको अवस्थामा पुरानो यन्त्रलाइ नया यन्त्रले विस्थापित गर्दछ।भौतिक जगत घडि जस्तै यन्त्र नै हो। यस्को निर्माणमा पनि कुनै न कुनै कुसल हात र माइन्डले निर्माण गरेको हुनु पर्दछ।

भौतिक जगत घडि जस्तै निस्चित गतिमा रहने यन्त्र नै हो । यस्को निर्माणको पछाडि स्थिर स्वभावको इश्वरको हात हुनु पर्दछ । भौतिक जगतको निर्माणमा इस्वर नै यस्को आर्किटेक्ट हो भन्ने आदम स्मिथको चिन्तन हो। मानिसको भौतिक सरिरको निर्माण पनि यन्त्रकै रूपमा निर्माण भएको छ । मानिसको भौतिक शरिर जस्तै मानसिक सरिर पनि स्वचालित यन्त्र नै हो भन्ने विज्ञान द थ्यौरी अफ मोरल सेन्टिमेन्टमा ब्याख्या पाइन्छ ।

आडम स्मिथको एक शताब्दी पछाडि जिवन र जगतको यान्त्रीकरणले पुरै युरोपियन समाज अगाडि बढदै थियो। यान्त्रीकरणले मानव समाज यन्त्र झै चल्न पर्दछ भन्ने विचार उच्चतम विन्दुमा पुग्दै थियो। मानविय कामलाई निस्चित धेरा भित्र सम्पन्न गर्ने पध्दतिको विकास हुदै थियो। मानिसलाई निस्चित धेराभित्रको काम दिदा उक्त काममा उसले त्यो काममा विशेषज्ञता हासिन गर्ने अवधारणाले ब्यापकता पाउदै थियो।

यन्त्रको एउटा पुर्जाले जसरी एउटा निस्चित काम गर्दछ त्यहि किसिमले ब्यक्तिले पनि जिवनमा निस्चित प्रकारको मात्र काम गर्दा विशेषज्ञता हासिल हुने र ब्यक्तिले सफलता प्राप्त गर्नेछ। यसरी मानविय समाजमा निस्चित काम गर्ने झुन्ड झुन्डको सृजना हुदै जाने प्रक्रिया नै डिभिजन अफ वर्क (division of work) हो। समाजमा जति मसिनो मात्रामा कामको भागबन्डा (division of work )गरिन्छ त्यतिकै अनुपातमा सम्पतिको सृजना हुदै जान्छ भन्ने शिध्दान्त शिध्द हुदै थियो।

एउटा आलपिन निर्माण गर्ने कारखानामा यदि दश जना कामदार सबै लाई छुट्टा छुट्टै किसिमले आलपिन निर्माण गर्न भनियो भने एक जना कामदार वाट आठ धन्टामा एक जनावाट 200 वटा मात्र आलपिन निर्माण सम्भव हुन्छ। तर उक्त कारखानामा प्रत्येक कामदारलाई एउटा निस्चित काम गर्न भनियो अर्थात एउटालाई आलपिन बनाउने रड सोझो पार्ने काम दिइयो, अर्कोलाई अलपिनको साइज नाप्ने काम दिइयो ,अर्कोलाइ काटने काम दिइयो, अर्कोलाई आलपिनको चुच्चो पार्ने काम गर्न दिइयो,अर्कोलाई टाउको बनाउन दिइयो,अर्कोलाई गनेर निस्चित वटा जम्मा गर्न भनियो, अर्कोलाई प्याकिङ गर्दै थन्काउन भनियो।

यो तरिकाबाट आलपिन निर्माण गर्ने हो भने त्यति नै दश जना कामदारले 2000 वटा होइन 20000 वटा आलपिन निर्माण सम्भव हुन्छ। यदी 2000 वटा आलपिन निर्माण हुदा यदि एउटा आलपिनको मूल्य एक रूपियामा बिनिमय गर्न सकियो भने आम्दानी 2000 हुने भयो भने अर्को तरिकावाट गर्दा 20000 आम्दानी हुन सम्भव हुन्छ।

आडम स्मिथको यहि यान्त्रिक अवधारणा ले पुंजिवादको जन्म गरायो। सम्पतिको ब्यापक बढोतिर हुन सम्भव गराउदै लग्यो। कामको भागबन्डाले सम्पतिको गुणात्मक बृध्दि गर्ने सूत्र फेला प-यो । मानिसलाई यन्त्र हरूमा यान्त्रिक पुर्जा जसरी कामको सानो भन्दा सानो हिस्सामा बाडेर काम लगाउन थालियो । मानिस र यन्त्रको विचमा अव खासै फरक रहन गएन । मानिस घडिको साना साना पुर्जाहरू जसरी निस्चित काममा सिमित हुन बाध्य हुदै गए।

सन 1844 तिर आइपुग्दा युरोप र बिषेशत इग्यान्ड पुरै यान्त्रीक औधोगिकरणमा डुविसकेको अवस्था थियो। मानिस पुरै यन्त्र मानवमा रूपान्तरण भैसकेको थियो। यहि परिस्थितीलाई नियाली रहेका कार्ल मार्क्स र फेडरिक एग्गेस्ल ले जिवन र जगत घडि जस्तो होइन नदी जस्तो हो भन्ने चिन्तन अगाडि सारे ।

नुवाकोट सरोकार समाजका संस्थापक अध्यक्ष श्रेष्ठ समसामयिक विषयमा कलम चालउनुहुन्छ । 

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार ०६:४९