७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

खुलको पहिलो दिन एनआरएन इन्फ्रास्टक्चरको आइपिओमा कति पर्यो आवेदन ?


१६ साउन, काठमाडाैँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शुक्रबारदेखि निष्कासन गरेको साधारण शेयर (आइपिओ)मा  पहिलो दिन २३ लाख ८१ हजार ३८० कित्ताको लागि आवेदन परेको छ । निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटलको अनुसार शुक्रबार दिउँसाे ४:३० बजेसम्म ५० हजार १७३ जना आवेदकले २३ लाख ८१ हजार ३८० कित्ताको लागि आवेदन दिएका छन् ।


प्रति कित्ता १ सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेकाे हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि आजदेखि निष्कासन गरेकाे हो । उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेकाे छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १८:२२