१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सैनिक कल्याणकारी कोषबाट राजश्वमा ४५ करोड योगदान


१६ साउन, काठमाडौँ । सैनिक कल्याणकारी कोषले गत आर्थिक वर्ष २०७६/७७ मा रु ४५ करोड राजश्वमा योगदान दिएको छ । उक्त कोषद्वारा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्थामा रहेको कोषको निक्षेपबाट आर्जित ब्याजको आम्दानी करवापत राजश्व बुझाएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिनुभयो ।

मुलुकका क वर्गका विभिन्न बैंकमा उक्त कोषको रु ४५ अर्ब ८६ करोड ८० लाख नगद मौज्दात निक्षेप छ । कोषको यथार्थ सम्पति भने हाल रु ५१ अर्ब ६१ करोड चार लाख पुगेको छ । केही वर्षअघिसम्म कोषको रु ८५ करोड निक्षेप जोखिममा रहेकामा अहिले घटेर रु पाँच करोड दुई लाख ६६ हजारमा झरेको छ । कोष र अन्तर्गतका निकायको फछ्र्याैट गर्न बाँकी बेरुजु अब रु सात करोड ४३ लाख ९४ हजार रहेको जानकारी दिइयो । उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्याैट भएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १७:३५