१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रिलायन्स लाइफ इन्स्योरेन्सले पायो आइपिओ जारी गर्ने अनुमति


१६ साउन, काठमाडाैँ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धितोपत्र बोर्डबाट साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमती पाएकाे छ । सर्वसाधारणका लागि ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ९ गते  धितोपत्र बोर्डमा निवेदन पेश गरेकाे थियाे ।


रिलायन्स लाइफकाे साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडले रहेकाे छ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेकाे उक्त आइपिओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १४:१६