१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सुनको मुल्यमा नयाँ रेकर्ड कायम, तोलामै पुग्याे ९९ हजार ३ सय


१६ साउन, काठमाडौँ । सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेकाे छ ।  शुक्रबार ताेलाकाे ३ सय रुपैयाँले बढेर सुनकाे मुल्य ९९ हजार ३०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ३०० रुपैयाँ बढेर ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिकात्मक तस्बिर ।

यस्तै तेजावी सुन तोलामा ९८ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा १२ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १३:३४