१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ आजदेखि निष्काशन


१६ साउन, काठमाडाैँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ आजदेखि खुल्ला भएको छ । आजदेखि सर्वसाधारणमा ३३ करोड ९८ लाख चार हजार छ सय रुपियाँ बराबरको आईपीओ निष्काशन तथा विक्री खुल्ला भएको हो ।

१ सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता शेयरमध्ये ६७,९६१ कित्ता अर्थात २ प्रतिशत शेयर कर्मचारीहरुको लागि, १,६९,९०२ कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरी बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गरिएको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ ।

आजदेखी खुलेको आईपीओमा छिटोमा साउन २१ गतेसम्म आवेदन दिन सकिने सकिनेछ । सो समयभित्र सबै शेयर बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

उक्त कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १ सय ८० कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको जारी पूँजी १ अर्व १३ करोड २६ लाख ८२ हजार १ सय रुपियाँ रहेको छ । जारी पूँजीको ३० प्रतिशत अर्थात रु. ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपियाँ बराबरको शेयर निष्काशन गर्न लागिएको हो ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १४:०६