१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

‘अाजको बजेट गणतान्त्रिक नेपाललाई गर्व गर्न लायक सुनौलो उपहार हुनेछ’


१५ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ शान्ता चाैधरीले अाज अाउने बजेट गणतान्त्रिक नेपाललाई गर्व गर्न लायक सुनौलो उपहार हुने बताएकी  छिन । सामाजिक सञ्जाल फेसबुकमा गणतन्त्र दिवसको शुभकामना दिँदै उनले समृद्धि र विकासमा लाग्न अपिल गर्दै बजेटलाई स्वागत गर्दै गणतन्त्रलाई संस्थागत गर्नुपर्ने बतएकी छिन ।

चाैधरीको शुभकामना यस्तो छ

आज गणतन्त्र दिवस, शुभकामना मात्र लेख्न मन लागेन, अरु पनि केही लेख्न मन लाग्यो ।

गणतन्त्र प्राचीन राज्यव्यवस्था हो । पछि राजतन्त्र युग आयो । अहिले विश्वबाट राजतन्त्र युग विदा भइसकेको छ । केही देशमा मात्र राजतन्त्र छ । नेपालबाट पनि हामीले राजतन्त्र हटाएका छौं र गणतन्त्र ल्याएका छौं ।

गणतन्त्रको उपलब्धी के ? धेरैले यो प्रश्न सोध्ने गरेका छन् । गणतन्त्रको उपलब्धी मुखले भनेर हुँदैन, देशको विकास र जनताको समृद्धिमा देखिनुपर्छ । तर, दुःखको कुरा, विकास र समृद्धिका दृष्टिले गणतन्त्रमा उल्लेखनीय केही भएको छैन ।

गणतन्त्रमा भएको उल्लेखनीय काम चाहिँ जनता अधिकार सम्पन्न हुनु हो । अधिकार आफैमा उपलब्धी हो । आज देशका यावत क्षेत्र, वर्ग, लिंग, धर्म, जाति तथा विविध क्षेत्रका जनता अधिकार सम्पन्न भएका छन् । अधिकारको साथमा कर्तव्य पनि हुन्छ भन्ने चाहिँ हामी नेपालीले खासै ध्यान दिँदैनौं ।

अब हाम्रो कर्तव्य हो देशलाई समृद्धि र विकास दिने । यसको अगुवाई सरकारले गर्ने हो । सरकारले होस्टे गर्नुपर्छ, जनता हैंसे गर्न तयार छन् ।

गणतन्त्रपछि निर्मित संविधान अनुसार निर्वाचित पहिलो सरकारले आज वार्षिक बजेट ल्याउँदैछ । म विश्वाशका साथ भन्छु, ठोकुवाका साथ भन्छु, आज आउने बजेट गणतान्त्रिक नेपाललाई गर्व गर्न लायक सुनौलो उपहार हुनेछ । आज आउने बजेटले देशमा विकास र समृद्धिको ढोका खोल्नेछ ।

आउनुस्, आज आउने बजेटलाई स्वागत गरौं, गणतन्त्रलाई संस्थागत गरौं । समृद्धि र विकासमा लाग्न अपिल गर्दै समस्त नेपाली जनतामा गणतन्त्र दिवसको हार्दिक शुभकामना ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार ०८:१६