१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

विद्यालयलाई क्वारेन्टिन र आइसोलेसन सेन्टर नबनाउन सरकारकाे निर्देशन


१५ साउन, काठमाडौँ । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय भएको जानकारी दिएका छन् । पछिल्लो समय भने धेरै मानिस क्वारेन्टिन बसाइ सकेर घर फर्किएपछि खाली हुँदै गरेका विद्यालयहरूलाई अध्यापन सुरू गर्नलाई तयार पार्न सरकारले यस्तो निर्देशन दिएको हो।

सरकारले शैक्षिक सत्र २०७७/७८ काे विद्यार्थी भर्ना भदौ १ देखि सुरु गर्ने मन्त्री खतिवडाले बताएका छन् । ०७६/७७ को नतिजा प्रकाशन बाँकी भए तत्काल गर्न, भदौ १ देखि विद्यार्थी भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीको संख्या यकीन गर्ने, पाठ्यपुस्तक उपलब्ध गराउने र शिक्षकहरु अबिलम्ब विद्यालय पुग्ने व्यवस्था गर्ने पनि सरकारले निर्णय गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १७:१०