८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाली सुखी भए गणतान्त्रिक व्यवस्था सफलः सभामुख महरा


१५ जेठ, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले गणतन्त्र प्राप्तिका लागि संघर्षका दौरान घाइते हुनुभएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको योगदानको सम्मान गरिने बताउनुभएको छ ।

उहाँले गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै हरेक नेपाली नागरिकले वास्तविक रुपमा गणतन्त्र नेपालको अनुभूति हुने गरी राज्यले देशको विकास, समृद्धि र देशवासीमा आपसी सद्भावको वातावरण बनाउने बताउनुभएको छ ।

“हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ’ सन्देशमा भनिएको छ, “देशको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउन सके वास्तविक अर्थमा गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ ।”

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार ०६:५४