१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा डा मोहनकृष्ण श्रेष्ठ नियुक्त


१२ साउन, काठमाडाैँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा डा मोहनकृष्ण श्रेष्ठ नियुक्त भएका छन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परिषद्को अध्यक्षमा डा मोहनकृष्ण श्रेष्ठ नियुक्त भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा परिषद्को अध्यक्षमा नियुक्त भएका हुन । यसअघि परिषद्को रजिष्टारमा पुष्पराज खनाल नियुक्त भैसकेका छन । उनी तिलगंगा आँखा अस्पतालमा कार्यरत रहेका छन । परिषद् नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन,२०५३ बमोजिम स्थापित संस्था हो ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार २१:३८