१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

प्रचण्ड र माधव नेपालको दोषी चश्माः ओलीबिरोधी कुण्ठा बोकेर कसरी बन्छ समृद्ध नेपाल ?


-अनुजकुमार श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुष्पलाल मित्रता केन्द्रको नाममा आयोजना भएको गुट भेलामा नयाँ नक्साको सन्दर्भमा दिएको अभिव्यक्तिलाइ लिएर राजनीतिक कार्यकर्ता बहसमा उत्रिएका छन । वरिष्ठ नेता माधवकुमार नेपाल मसहूको गुट भेलाका लागि प्रयोग हुँदै आएको केन्द्र यसपटक पनि नेकपाको आन्तरिक विवादको समयमा गुटको भेलाका रूपमा प्रयोग हुन पुगेको छ ।

पुष्पलालको स्मृतिमा नाममा राखिएको कार्यक्रममा नेताहरूले पुष्पलालको स्मृति भन्दा पनि सरकारविरूद्ध कुण्ठा पोख्ने फोरमको रूपमा प्रयोग गरे । प्रचण्ड र वरिष्ठ नेता नेपालले उक्त कार्यक्रममा सरकार र प्रधानमन्त्रीविरूद्धको कुण्ठा कतिपय सन्दर्भमा सिधै र कतिपय सन्दर्भमा घुमाएर व्यक्त गरे ।

दुई पटकसम्म प्रधानमन्त्री हुँदा कालापानीबारे केही थहा नपाएजस्तो गर्ने प्रचण्ड ओली नेतृत्वमा पार्टी भित्र र सरकारबाट नयाँ नक्सा जारी गरेर नै आफ्नो भूमि फर्ता गराउने अभियानमा लागेपछि प्रचण्ड, नेपाल लगायतका नेता छटपटिएका छन । भारतीय योजनामा आफ्नै पार्टीको सरकार ढाल्न योजना बनाएर कसिएका उनीहरू दुबैले पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा आफ्नो ओलीविरूद्धको गुटबन्दीको मित्रता अझै कसिलो रहेको सन्देश पनि दिए ।

आफ्नो मन्तव्यमा अधिकांश समय केपी शर्मा ओलीलाइ चुनौति दिने र चेतावनी दिन समय खर्चिएका उनीहरूले नै विधि र पद्धतिको कुरा गरिरहेका थिए । प्रचण्डले भने आफूहरूले पदकै लागि केपी ओलीसँग लडाइ लडे पनि बाहिर प्रचारमा त्यस्तो देखिदाँ समस्या भएको बताए ।

प्रचण्डले  पार्टीभित्रको विवाद बाहिर पदका निम्ति पो हो कि भन्ने देखिएको भए सच्याउनुपर्ने प्रस्ताव समेत गरे उनले भने “समाजवादी अर्थतन्त्र कस्तो हुने, समाजवादी राजनीतिक कस्तो हुने भन्ने बहस हो । यो यही नै बहस हो भनेर आम कार्यकर्तामा लैजान सक्नुपर्दथ्यो त्यो सकिएको छैन ।”

प्रचण्डले जे भनेर भ्रम छर्न खोजे पनि धेरै नागरिकले यो विवाद पदका लागि हैन भन्दा मान्ने अवस्था छैन । नेकपाका शीर्ष नेताले खुलेआम पदको बार्गेनिङ गरिरहेको कोरोनाको महामारी भुलेर भएर पनि जनताले हेरेकै छन । यद्यपी यो कुरा लुकाउनका लागि अब फेरि प्रचण्ड माधव नेपालहरूको दाैडधुप सुरू भएको देखिएको छ । पार्टी बैठकमै सरकार ढाल्न लागिपरेका भारतीय भनेका हामी हाैँ भन्ने अभियव्यक्तिले नै को कस्तो ? के गरिरहेका छन भन्ने देखिसकिएको छ ।

छोरीलाइ चुनाव जिताउन मतपत्र च्यात्नेदेखि राष्ट्रिय मुद्दामा विचलन प्रचण्डको मुख्या समस्या हो । उनी निकटकै नेताहरूले अस्थिरताको अर्को नाम प्रचण्ड हो भन्नेर व्यख्या गरिरहेको समयमा एक दिनअघि पार्टी एक ढिक्का भयो भन्ने प्रचण्ड फेरि माधव नेपालको गुटमा मिसिदैँ नक्सा त मेरो आदेशमा पो जारी भएको हो भन्दै मपाइत्व गर्नु कत्तिको उचित होला ?

कुण्ठाले भरिएका वरिष्ठ नेता नेपाल र उनी निकटका केही नेता पदका लागि ज्यानै फाल्न समेत तयार भएका छन । यो सकारात्मक संकेत होइन । आफू भए सबै राम्रो हुने र आफू नभए सबै बिग्रेको देखिने दोषी चश्मा कुण्ठाग्रस्त मानसिकता उनीहरूले बोकिरहेका छन । जसका कारण नेकपा एकताले पूर्णता पाउन सकेको छैन ।

देशभैर पूर्व एमाले र पूर्वमाओवादीका नाममा एकीकरण हुनुपर्ने पार्टीमा जहाँपनि गुटको भाग खोजेर उक्त समूहले आफूलाइ थप कमजोर बनाइरहेको छ । १५ वर्ष पार्टीको नेतृत्व गरेर पार्टी टुक्राउनेदेखि इतिहासकै कमजोर पार्टी बनाउने दुबै कामको नेतृत्व गरेका नेपाल अहिले प्रचण्डको फेरो समातेर बैतरणी तर्ने अभियानमा लागेका छन । बिधि र पद्धतिको कुरा उनीहरू खै किन हो गुटको भविष्यसँग मात्र चिन्तित देखिएका छन ।

सबैभन्दा रोचक कुरा त के छ भने सरकारले हामीले भनेको मानेन भन्दै सडकमा सरकारविरूद्ध भाषण गर्ने नेताहरू महत्वपूर्ण विषयमा सरकारले लिएका अडान र गरेका निर्णय जनप्रिय देखिएपछि त्यो आफूले गरेको हो भनेर ट्रेडमार्क लिनका लागि मरिहत्ते गरिरहेका छन । सयौँ पटक भन्दा पनि जनताले नपत्याउने भएपछि उनीहरू अहिले हरेक जसो फोरममा त्यो नक्सा त हामीले निर्देशन दिएपछि जारी गरेको हो भन्ने तर्क गरिरहेका छन ।

उनीहरूको यो प्रयास युट्युवरको भीड बोकेर हिड्ने पुण्य गौतमले ५ मिनेट कुरा गर्दा पाँचै पटक म पिएचडी स्कलर हो भनेर दाबी गरेजस्तो सुनिन थालेको छ । पार्टी विधिमा हिडेन भनेर भाषाण दिने नेताहरूले पार्टीको बैठकबाट भएको निर्णयका बारेमा केही बोल्दैनन तर उस्तै प्रकृतिको निर्णय कांग्रेसले गर्दा वाह निर्णय भन्दै सामाजिक सञ्जालमा प्रशंशा गरेर हिँडिरहेका हुन्छन । यसले नेकपा भित्र पद नपाउने बित्तिकै आफ्नै पार्टी र नेता पराइ देख्ने प्रवृतिलाइ बढवा दिइरहेको पाइएको छ ।

देशको समृद्धिका लागि काम गर्नुपर्ने नेताहरू व्यक्तिगत लाभ पाइएन भन्दै अव्याख्या गर्दै पार्टीलाइ भ्रष्टिकरणको बाटोमा हिडाउन खोजिरहेका छन । बालुवाटार जग्गा प्रकरणमा सरकारले जेल हाल्छ कि भन्ने डर बोकेर माधव नेपाल कहाँ पुग्छन रु क्यान्टोनमेनको भ्रष्टाचार छानविन हुन्छ भन्ने डरले प्रचण्ड कहाँ पुग्छन रु नेकपाका आम नेता कार्यकर्ता प्रश्न यो हो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार १७:५५