७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेकपा र फोरमबीच दुर्इ बुँदे सहमति, फोरम सरकारमा सहभागी हुने (सहमति पत्रसहित)


१४ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र संघीय समाजवादी फोरमबीच दुर्इ बुँदे सहमति भएको छ । सोमबार बिहान नेकपा र फोरमका नेताहरूबीच भएको छलफलबाट दुर्इ दलका बीचमा सहमति जुटेको हो ।

सहमतिसँगै फोरम सरकारमा जान तयार भएको छ । सहमतिमा नेकपाका अध्यक्षद्धय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्ड तथा फोरमका अधयक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन । सहमतिको बुँदा नम्बर १ मा फोरमले अान्दोलनका समयमा उठाएका माग र मुद्दालार्इ संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा अापसी समहमतिको अाधारमा संविधान संशोधन गरी गरिने उल्लेख गरिएको छ । त्यस्तै बुँदा नम्बर २ मा बुँदा एकको अाधारमा फोरम सरकारमा सहभागी हुने कुरा उल्लेख गरिएको छ ।

यस्तो छ सहमति ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार ११:३०