१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चन्द्रागिरिबाट भालुको पित्तसहित २ जना पक्राउ


२८ असार, काठमाडौँ । संरक्षित वन्यजन्तु भालुको पित्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा कारोवार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट आज खटिएको विशेष टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ कल्याणपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिकात्मक तस्बिर ।

पक्राउपर्नेमा मकवानपुर वरभञ्ज्याङका हरिबहादुर मोक्तान र सोही जिल्लाको डाँडाखर्कका रामबहादुर लामा रहेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । उनीहरुले रु २० लाखमा बिक्री गर्न भनी साथमा लिइ हिँडिरहेका अवस्थामा भालुको पित्त बरामद गरिएको प्रहरीले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको जनाइएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आईतवार १८:२२