१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

बलिउडकी चर्चित नायिका ऐश्वर्या राय र उनकी छोरीमा पनि देखियो कोरोना


२८ असार, काठमाडाैँ । बलिउडकी चर्चित नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना पुष्टि भएको छ । अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएपछि घरका सबै सदस्यको परिक्षण गरिएको थियो । पहिलो पटक गरिएको परिक्षणमा जया बच्चन, ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो परिक्षणमा भने ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना पुष्टि भएपछि ऐश्वर्या र आराध्या नानावती अस्पताल भर्ना भएका छन् । महाराष्ट्रको स्वास्थ्य मन्त्री राजेश टोपेले ट्विट गर्दै लेखेका छन्, ‘ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । जय बच्चनको रिपोर्ट भने नेगेटिभ छ ।’ कोरोनाको संक्रमण नदेखिएकाले जय बच्चन भने होम क्वारेन्टाइनमा रहने भारतीय मिडियाले बताएका छन् ।

शनिवार साँझ अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । दुवैलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । अहिले दुवैको अस्पतालको आइसोलेशन वार्डमा उपचार भइरहेको छ । यसबीच, आइतवार कोलकाताको श्याम बजारका मानिसहरुले अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गर्दै पूजाआजा र यज्ञ गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आईतवार १७:१२