७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

आइतबार ८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १६ हजार ८०१ पुग्याे


२८ असार, काठमाडाैँ । आइतबार ८२ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार आइतबार थप ८२ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ८०१ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा १४७ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ५ सय ८९ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३८ जना पुगेकाे छ । ६ वटा जिल्ला काेराेना मुक्त भएकाे छ ।

प्रकाशित मिति : २८ असार २०७७, आईतवार १६:२४