१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ऐश्वर्या राय र जया बच्चनको कोरोना रिपोर्ट नेगेटिभ


२८ असार , काठमाडाैँ । अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि भएपछि अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चनको कोरोना परीक्षण गरिएकोमा उनिहरूकाे रिपोर्ट नेगेटिभ आएको छ। अमिताभ बच्चन र अभिषेक बच्चनको काेराेना रिपोर्ट पोजेटिभ आएपछि पूरै परिवार र कर्मचारीको काेराेना परीक्षण गरिएको  थियाे ।

परीक्षणमा  ऐश्वर्या र जयाको रिपोर्ट  नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। परिवारका अन्य सदस्य र कर्मचारीको रिपोर्ट  आउन बाँकी रहेको छ। कोरोना संक्रमित  अमिताभ र अभिषेक मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

प्रकाशित मिति : २८ असार २०७७, आईतवार १२:२३