१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बलिउडका चर्चित अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि


२७ असार, काठमाडाैँ । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण पुष्टि भएको छ । बच्चन बाबुछोरा दुवैलाई शनिबार कोरोना पुष्टि भएकाे हो । उनीहरुलाई उपचारका लागि राति नै मुम्बईस्थित नानावती अस्पतालम भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अमिताभ आफैंले ट्विटमार्फत संक्रमित भएको जानकारी दिएका थिए । उनले पछिल्लो १० दिनमा आफूसँग सम्पर्कमा आएका सबैले कोरोना परीक्षण गर्न आग्रह गरे । ‘ममा कोरोना पोजेटिभ देखिएको छ’, अमिताभले भनेका छन्, ‘बितेको १० दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैले कोरोना परीक्षण गराउनुहुन अनुरोध छ ।’बच्चन परिवारका अन्य सदस्य र कर्मचारीहरुलाई पनि आइसोलेसनमा राखिएको छ । ती सबैको पीसीआर परीक्षण गर्ने तयारी भएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आईतवार ०८:२०