८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भरतपुर मेडिकल कलेजका ३ जना डाक्टर मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा पक्राउ


२७ असार, काठमाडाैँ । भरतपुर मेडिकल कलेजका ३ जना डाक्टर पक्राउ परेका छन् । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले शनिबार ३ डाक्टरलाई पक्राउ गरेको हो । उनिहरूसँगै जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी समेत पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा डाक्टरहरु सुप्रवास श्रेष्ठ, बालकउष्ण कालाखेती र राकेश बर्मा रहेका छन् । नेपाली नागरिकलाई भारतीय बनाएर मिर्गौला प्रत्यारोपण गराएको आरोप उनीहरुमाथि  लागेकाे छ । प्रहरीले उनिहरुलाई काठमाडौँ ल्याएर पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

प्रकाशित मिति : २८ असार २०७७, आईतवार ०८:०३