७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अनेरास्ववियूका नेताको हिरानाथलाई प्रश्नः जंगबहादुर तपाई की प्रधानमन्त्री ?


२७ चैत, नुवाकोट। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विदेशीको प्रभाव बढेर सरकार ढाल्ने खेल सार्वजनिक भएपछि पार्टीका नेता कार्यकर्ता कित्ता क्लियर गर्दै समर्थन र बिरोधमा लागे । देशैभर राजनीतिक स्थायीत्व चाहने समूहले विदेशी हस्तक्षेप र विदेशीको दलाली गर्नेहरूको बरोधमा तर्क र टिप्पणीसँगै प्रदर्शन पनि गरे ।

प्रधानमन्त्रीको समर्थमान नुवाकोटको विदुरमा भएको प्रदर्शन ।

७६ जिल्लामा यस्तो गतिबिधि भएपछि नुवाकोट पनि चोखो रहन सकेन । जिल्ला नेतृत्वको असहमतिकाबीच प्रधानमन्त्री केपी अोली नेतृत्वको सरकारको पक्षमा र विदेशीको दलाली गर्नेहरूको बिरूद्धमा नाराबाजीसहित प्रदर्शन भयो । कोरोना महामारीको बीचमा लकडाउन उल्लंघन गर्दै विदुरमा तीन सय भन्दा बढी युवा सडकमा निस्किए  ।

प्रदर्शन रोक्न लाग्ने समूहका एक जना नेता जो केही दिनअघिमात्र हिरासत मुक्त भएका थिए उनले सामाजिक सञ्जालमा ३० जना उपस्थित हुने अनुमान गरेका थिए । तर उनीहरूको अनुमाविपरित दशाैँ गुणा बढी युवाहरू विदुरको सडकमा निस्किए त्यो पनि पार्टी कार्यालयअघिबाट प्रदर्शन गर्दै ।

प्रदर्शनपछि युवाहरूले आइएमवीथकेपीओली लेखेको व्यानर पार्टी कार्यालयमा झुण्यार हिडेँ । तत्काल प्रतिवाद गर्न नसकेपनि त्यो व्यानरले जिल्ला नेतृत्वको निद हराम गर्यो । कतिपय प्रदर्शनकारीलाइ विदुर नगरपालिकाको कार्यालयमा बोलाएर चियापान गराउँदै यस्ता प्रदर्शनमा सहभागी नहुन अनुरोध पनि गरियो । तर त्यसले नपुग्ने देखेर पार्टी नेतृत्वले सम्भवत नुवाकोट जिल्लामै पहिलो पटक जिल्ला कार्यालयको बैठक गर्दै यस्ता गतिबिधमा फेरि सहभागी भए कारबाही गर्ने चेतावनी दियो ।

पार्टी नेतृत्वको चेतावनीपछि अनेरास्ववियू नुवाकोटको नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको स्थायीत्वको पक्षमा निरन्तर अभियान चलाइरहेका प्रशान्तजंग पाण्डेले सामाजिक सञ्जाल मार्फत चर्को असन्तुष्टि पोखे । नेताहरूले जे गरे पनि हुने कार्यकर्ताले संविधानले दिएको अधिकार प्रयोगगर्दा कारबाहीको चेतावनी दिने भन्दै पाण्डले जिल्ला अध्यक्षलाइ गम्भीर प्रश्न गरेका छन ।

उनले जिल्ला अध्यक्ष स्वंयले प्रधानमन्त्रीका विरूद्धमा घृणित अभिव्यक्ति दिएको भन्दै हिम्मत भए आफूमाथि तत्काल कारबाही गर्न चुनौति दिएका छन । उनले कारबाहीका लागि सदस्यता नम्बर समेत उपलब्ध गराउने बताएका छन । प्रधानमन्त्रीलाइ जंगबहादुरको आरोप लगाउने खतिवडा चाहिँ अनुशासनमा बस्नु पर्दैन उनले प्रश्न गरेका छन ।

पाण्डेले खतिवडालाइ सम्पूर्ण कार्यकर्ताको नेता बन्न अनुरोध गर्दै विगतमा पार्टी निर्णय विपरित प्रदर्शन गराउँदा किन चुप लागेको भनेर समेत प्रश्न गरेका छन । उनले प्रधानमन्त्रीको पक्षमा प्रदर्शन गर्दा कारबाहीको चेतावनी दिने हिरानाथ खतिवडा जंगबहादुर की जनताको काम गर्ने प्रधानमन्त्री केपी ओली भनि प्रश्न गरेका छन । पाण्डेले सामाजिक सञ्जालमा लेखेको टिप्पणी तल पढ्न सक्नुहुन्छ

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १८:१२