१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

-वासुदेव अधिकारी

प्रिय बन्दाबन्दी,
साथी
कपासै कपास उत्पादन गर्छ
कपडै कपडा व्यापार गर्छ
नोटमा सुकला गर्छ
तर आफू चाहिँ नांगै हिँड्छ
किन होला ?

मेरो छोराले सोधेको ।

साथी उल्टै
हामीतिर फर्केर भन्छः
तिमी नांगो
तिमी बांगो

तथ्य साक्षी छ
को नांगो ?
को बांगो ?

एक पटक
ऐना हेर्ने कि महोदय ?

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १३:०८