१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शुक्रबार ११८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १६ हजार ६४९ पुग्याे


२६ असार, काठमाडाैँ । शुक्रबार ११८ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शुक्रबार थप ११८ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ६४९ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा १२० जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ११ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३५ जना पुगेकाे छ । ६ वटा जिल्ला काेराेना मुक्त भएकाे छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १६:२६