७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आईपीओ निष्काशनका लागि रुरु जलविद्युत् परियोजनाले धितोपत्र बोर्डसँग माग्याे अनुमति


२६ असार, काठमाडाैँ । रुरु जलविद्युत् परियोजना लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ८ करोड ९६ लाख ९५ हजार २२० बराबरको ८ लाख १५ हजार ४११ कित्ता आईपीओ विक्रीका लागि असार २५ गते अनुमति माग गर्दै निवेदन दिएको हो ।

उक्त कम्पनीको आईपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ । आयोजना प्रभावित स्थानियका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १०० को दरमा र सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १२० मा विक्री गर्न कम्पनीले अनुमति मागेको हो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १५:५६