१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आईपीओ निष्काशनको अनुमतिका लागि आइएमई लाइफ इन्स्योरेन्स धितोपत्र बोर्ड पुग्यो


२६ असार, काठमाडाैँ । आइएमई लाइफ इन्स्योरेन्स आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड पुगेको छ । इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न असार २२ गते अनुमति माग गरेको हो ।

इन्स्योरेन्सले प्रति कित्ता १०० रुपैयाँका दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।आईपीओ निष्काशनको लागि कम्पनीकाे बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

हाल आईएमई लाइफको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैंया रहेको छ । सर्वसाधारणमा ६० करोड रुपैंयाको शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्व रुपैयाँ कायम हुनेछ । त्यसै गरी संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत कायम हुनेछ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १५:०६