११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

तनहुँको पुल्चोक बजारमा सेती नदी पस्यो, करिब २ सय जनालाई सुरक्षित स्थानमा सारियाे


२६ असार, पोखरा । लगातारको वर्षाले सेती उर्लिदा नदि बस्तीभित्रै छिरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् । घर डुबानमा परेपछि करिब २ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।


नदी तथा खोलाले थप क्षति पुर्‍याउन सक्ने बस्तिका वासिन्दालाई पनि सुरक्षित रहन आग्रह गरिएको छ । प्रभाबित क्षेत्रमा नेपाली सेना र प्रहरी उद्धार कार्यमा खटिएका छन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १४:२५