११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नेकपा स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित


२६ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित भएको छ । अबिरल वर्षासँगै देशभर गएकाे बाढी पहिरोका कारण विपतमा परेकाकाे राहत तथा उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप ७ दिनसम्मका लागि स्थगित गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १०:२१