१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एकैदिन ९ सयले बढ्याे सुनको मूल्य, नयाँ रेकर्ड कायम


२५ असार, काठमाडाैँ । बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेकाे छ । बुधबार ९१ हजार ५ सयमा कारोबार भएको सुनकाे मुल्य एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो।

प्रतिकात्मक तस्बिर ।

अघिल्लो दिन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । यसअघि सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँसम्म  पुगेर घटबढ हुँदै आएको थियो । यस्तै तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी बुधबार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर ९८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार ११:४५