१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

बोली अलि पिरो हो, केपी ओली हिरो हो ! विदेशीका भरियाविरूद्ध युवाहरू सडकमा (फोटोफिचर)


-प्रशान्तजंग पाण्डे

२४ असार, नुवाकोट ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पक्षमा नुवाकोटका युवाहरूले बृहत प्रदर्शन गरेका छन । बुधबार जिल्ला सदरमुका विदुरमा युवाहरूले प्रधानमन्त्रीको समर्थन र ओली सरकार ढाल्न लागि परेका विदेशीका भरियाहरूको विरूद्धमा प्रदर्शन गरेका हुन ।

नेकपाको जिल्ला पार्टी कार्यालय अघिबाट सुरू भएको प्रदर्शन विदुर चोक परिक्रममा गरी लोकतान्त्रिक चौतारामा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा तीन सय भन्दा बढी युवाले सहभागिता जनाएको अनेरास्ववियूका नेता राजु तिवारीले जानकारी दिए । करोनाविरूद्ध प्रभावकारी रूपमा काम गरिरहेको सरकार ढाल्न भारतीय योजनामा नेकपाकै नेताहरू कसिएपछि प्रधानमन्त्रीको साथमा नागरिकहरू रहेको सन्देश दिन प्रदर्शन गरिएको तिवारीले जानकारी दिए ।

प्रदर्शनपछि भएको कोणसभामा अनेरास्ववियू नुवाकोटका पूर्व अध्यक्ष समेत रहेका नुवाकोट सरोकार समाजका महासचिव अनुजकुमार श्रेष्ठ र विद्यर्थी नेता नविन प्रधानले सम्बोधन गरेका थिए । श्रेष्ठ तत्कालीन अवस्थामा अनेरास्ववियूले गरेको कालापानी मार्चपासका सदस्य समेत हुन । उनले मुर्छित नेपाली राष्ट्रियता व्यूझाँएर सम्पूर्ण नेपालीको शिर ठाडो पारेको भन्दै प्रधानमन्त्री ओलीका लागि ज्यानै दिन पनि तयार रहेको उद्घोष गरे ।

महासचिव श्रेष्ठले समृद्धि र विकासका निम्ति ओलीको नेतृत्व अपरिहार्य रहेको बताउदै अहिले भैरहेको चौतर्फी घेराबन्दीको तोड्नुपर्ने बताए । उनले नागरिकहरूमा निराशा बढाउन विदेशीको दलाली गरेर नेपालको स्वाभिमानका विरूद्धमा उभिएका नेताहरूको एक/एक हिसाबकिताब गर्नुपर्ने बताए । महासचिव श्रेष्ठले नयाँ नक्सा जारी गरेर नागरिकता विधेयक पारित गर्ने तयारीमा रहेका समयमा सरकार माथि अप्रत्याशित आक्रमण भएकाले यस विदेशीको उक्साहटमा हो भन्नेमा कुनै शंका नरहेको स्पष्ट पारे ।

कोणसभामा विद्यार्थी नेता नवीन प्रधानले आम नुवाकोटका युवा विद्यार्थीहरु एकजुट हुनुपर्ने र पार्टी भित्रको विवाद छिटोभन्दा छिटो अन्त्यगरि स्थिरताको लागि लड्नुपर्ने बताए । उनले राष्ट्रका लागि काम गर्ने प्रधानमन्त्री पहिलो पटक देखिएको भन्दै ओलीको सहासमा सबैले साथ दिनुपर्ने बताए ।

प्रचण्ड र नेपाल गुटद्धारा प्रदर्शन रोक्ने प्रयास असफल

पार्टी एक जना अध्यक्ष र वरिष्ठ नेताद्धय माधवकुमार नेपाल झलनाथ खनाल समूहका नेताहरूले बुधबारको प्रदर्शन रोक्न अनेक तिकडम गरे पनि सफल भएनन् । उनीहरूले प्रधानमन्त्रीको पक्षमा हुने प्रदर्शनमा नजान उर्दी जारी गर्नेदेखि उच्चतहमा लबिङ गर्नेसम्मको काम गरे । नेकपा नुवाकोटका अध्यक्ष समेत रहेका हिरानाथ खतिवडाले प्रदर्शन रोक्नका लागि पार्टीका अन्य सांसदहरूलाइ समेत फोन नै गरेर अनुरोध गरेका थिए ।

ती आग्रहहरू सुनुवाइ नहुने भएपछि आफू निकटका अखिलका कार्यकर्ताहरूलाइ सामाजिक सञ्जाल मार्फत प्रदर्शनमा नजान अपिल गर्न लगाए तर प्रदर्शनकारीहरूले हिरानाथ खतिवडा पार्टी कार्यालय भित्रै रहेको समयमा त्यही कार्यालयको बाहिर तयारी गरेर त्यहीबाट प्रदर्शन सुरू गरे । उनीहरूले प्रदर्शनपछि आइएमवीथकेपीओली लेखेको ब्यानर पार्टी कार्यालयमा टांगेका छन । यद्यपी उक्त ब्यानर बुधबार सँझनै बिरोधीहरूले गायब पार्न सक्ने अनुमान समेत गरिएको छ ।

 

प्रकाशित मिति : २४ असार २०७७, बुधबार २०:२७