१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

ओली र प्रचण्डको ‘वान टु वान’ वार्ता सकियो, प्रचण्डको मन सिलाउने ओलीको प्रयास


२४ असार, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘वान टु वान’ वार्ता बुधबारका लागि सकिएको छ । झण्डै दुइ घण्टा भएको वार्तामा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डको मन सिलाउने प्रयास गरेका छन । स्रोतका अनुसार दुइ नेता करिब सहमतिको नजिक पुगेका छन ।

यसअघि पनि दुइ नेताले पटक पटक ‘वान टु वान’ वार्ता भएको थियो ।  दुबै नेता आआफ्ना अडानमा टसमस नभएको अवस्थामा बुधबार भने सहमतिको सुत्रको नजिक पुगेको बुझिएको छ । कोरोना महामारीले देश आक्रान्त बनिरहेका समयमा प्रचण्ड भने नेकपाका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालसँग मिलेर सत्ताको बार्गेनिङ गरिरहेका छन । राजनीतिक स्थिरताका लागि मत लिएको भए पनि नेकपा भित्र सत्ताको बार्गेनिङमा संलग्न रहेको नेताहरूले यो कुरा पुरै बिर्सिएको जस्तै गरेका छन ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १९:२३