१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित


२४ असार, काठमाडौँ । नेपाली काँग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेकोमा निष्काशन गरेको छ ।

काँग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले पार्टीको विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिई विधानबमोजिम अनुशासन उल्लङ्घन गरेकाले उहाँलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १८:०९