१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

केही दिनअघिदेखि लगातार बढेको शेयर बजार बुधबार १०.१३ अंकले घट्याे


२४ असार, काठमाडाैँ । केही दिनअघिदेखि लगातार बढेको बजार बुधबार घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १०.१३ अंकले घटेर १ हजार ३२६.५३ मा पुगेकाे छ । नेप्से ०.७६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.६४ अंकले घटेर २७९.९५ मा पुगेको छ ।

कूल १७९ वटा कम्पनीकाे २९ लाख ७७ हजार ७ सय ६ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ७ करोड ८४ लाख ६२ हजार १४१ रुपैयाँको कारोबार भएकाे छ । त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज १० वटा उपसमूहको शेयर घटेकाे छ भने २ वटा उपसमूहकाे शेयर बढेकाे छ । यस दिन होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.७२ प्रतिशतले घटेको छ।

बुधबार पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड १४ लाख रुपैयाँ, प्रभु बैंकको संस्थापक शेयरको ६ करोड ३१ लख रुपैयाँ एनएमबि बैंकको ४ करोड ४४ लाख रुपैयाँ छिमेक लघुवित्तको ३ करोड ९१ लाख र हिमालयन डिस्टिलरीको ३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सुर्योदय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.८८ प्रतिशतले बढेको छ भने आशा लघुवित्तको ७.५४, हिमालयन जनरल इन्स्योरेन्सको ६.२२ प्रतिशत तिनाउ मिसन डेभलपमेन्ट बैंकको ५.८८ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ५.०८ प्रतिशतले बढेको छ।

त्यसैगरी तारागाँउ रिजेन्सी होटलको शेयरमूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले घटेको छ भने कालिका पावरको ५.५६, नेश्नल हाइड्रोको ५.२६, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ५.१९ प्रतिशत, पोखरा फाइनान्सको ५.१० प्रतिशत र कर्णली डेभलपमेन्ट बैंकको ४.९० प्रतिशतले घटेको छ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १६:२२