१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नगद लाभांश पारित गर्दै लुम्बिनी जनरल इन्स्योरेन्सकाे १५औं वार्षिक साधारण सभा सम्पन्न


२४ असार, काठमाडाैँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सभामा कम्पनीका अध्यक्ष मनोहर दास मूलद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरू पारित भएका छन् ।

यसैगरी, सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट विगतमा कम्पनीले जारी गरेको २० प्रतिशत हकप्रद शेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पूंजी १ अर्ब ५ करोड ६० लाख रूपैयाँ बराबरको ८.१२५ प्रतिशतले हुन आउने खुद ८ करोड ५८ लाख रूपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र सो बाहेक कर प्रयोजनको लागि ४२ लाख ९० हजार रूपैयाँ बराबरकाे नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यसैगरी सभामा सर्वसाधारण शेयरधनीहरूको समूहबाट गणेश राज रेग्मी र कमल भटृराई आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित भएको घोषणा गरिएकाे छ । त्यस्तै, सभामा आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा बीमा शुल्क ८ प्रतिशतले वृद्धि भई १ अर्ब ३६ करोड बीमा शुल्क आर्जन भएको जानकारी गराइएकाे छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १५:३५