८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रधानमन्त्री ओलीविरूद्धको प्रस्ताव बोकेर मध्यरातमा देउवा निवास पुगे प्रचण्ड


२३ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार मध्यरातमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वुढानिलकण्ठस्थित निवासमा पुगेको पाइएको छ । कोरोनाको महामारीले देशनै आक्रान्त बनिरहेको समयमा प्रचण्डसहित नेकपाका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल पदका लागि बार्गेनिङ गरिरहेका छन ।

नेकपाका शीर्ष नेताको बार्गेनिङका कारण देशनै अस्तव्यस्त बन्ने अवस्थामा पुगेको छ भने संघीय गणतान्त्रिक व्यवस्था नै धरापमा पर्नेसम्मका खतरा देखिएको भन्दै चिन्ता समेत प्रकट भैरहेको छ । कुनै समय अस्थिरतको अर्को नाम भनेर परिचित नेकपा अध्यक्ष प्रचण्ड पछिल्लो समय खुलेयाम सरकार ढाल्ने अभियानमा लागेका छन । हुनत नेकपाको जारी स्थायी कमिटी बैठकमै प्रचण्डले प्रधानमन्त्री केपी शर्म ओलीको राजिनामा समेत मागिसकेका छन ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति अध्यक्ष शेरबहादुर देउवा बिच देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्ताको फाइल फोटो । तस्बीरः  प्रदिपराज वन्त, रासस

राजनीतिक स्थायीत्वका लागि भएको निर्वाचनबाट निर्वाचित सरकार असफल पार्नका लागि भारतीयहरूको योजनामा सहभागी नेकपाकै नेताहरूले पार्टीको स्थायी कमिटी बैठकमा सरकार ढाल्न सक्रिय भारत भनेको हामी हौँ भन्दै स्वघोषणा गरेको विषयहरू यसअघि नै प्रकाशमा आइसकेका छन । यस्तै खेलहरू जारी रहँदा सोमबार मध्यरातको ११ः३० बजे प्रचण्ड कांग्रेस सभापतिको निवासमा पुगेको खुलेको हो । सुरक्षा स्रोतले समेत प्रचण्ड राति देउवा निवास पुगेको पुष्टि गरेको छ ।

भेटवार्ताको विषय औपचारिक रूपमा बाहिर सार्वजनिक नभए पनि प्रचण्डले वर्तमान सरकार ढाल्न सहयोग गर्न अनुरोध गरेको बुझिएको छ । प्रचण्ड निकट स्रोतका अनुसार भेटमा उस्तै अवस्था सिर्जना भए नेकपाभित्रैबाट सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता हुने र त्यसमा कांग्रेसले पनि साथ दिनुपर्ने प्रस्ताव भएको छ । उनका अनुसार प्रचण्डसहितका नेताहरूले सार्वजनिक रूपमै प्रधानमन्त्रीको राजिनामा अन्तिम बटमलाइन भएको भन्दै अभिव्यक्ति दिइरहेका छन ।

यता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नु भनेको अस्थिरता निम्त्याउनु हो भन्दै स्वतन्त्र नागरिक र युवा विद्यार्थीहरू ओलीका लागि होइन भोलिका लागि भन्दै सरकार निरन्तरताको पक्षमा सडकमै प्रदर्शन गर्न थालेका छन । बुधबार त दशैभर प्रधानमन्त्री ओली नेतृत्वको सरकारको पक्षमा प्रदर्शनको तयारी समेत भएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार २१:०४