११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

समाजवादी पार्टीबाट सरिता गिरी निष्कासित, भारतीयकाे पछि लाग्दा सांसद पद चट


२३ असार, काठमाडौँ । समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरिएकाे छ । पार्टीबाट निष्कासन भएसँगै गिरीकाे सांसद पद समेत गुमेकाे छ । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले गिरीलाई कारबाही गर्ने निर्णय भएको जानकारी दिए ।


गिरीले सरकारले कालापानी लिम्पियाधुरा र लिपुलेक समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् । साेहि कारण उनकाे सांसद पद गुमेकाे छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १७:१९