१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दुर्घटना न्युनिकरण गर्न सवारी चालकको आँखा परीक्षण गरिने


११ फागुन,पोखरा । पोखरामा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ ।

हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको रजतमहोत्सव एवं लायन्स क्लब अन्तर्रा्ष्ट्रियको सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा फागुन १३ गते हुने शिविरमा आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिने हिजो आयोजित छलफल कार्यक्रममा जानकारी दिइयो ।
हिमालयन आँखा अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट इन्द्र महर्जनले चालक अनुमतिपत्र लिँदा र नवीकरणमा आँखा परीक्षणलाई कडाइका साथ लागू गर्ने हो भने दुर्घटनामा केही हदसम्म भएपनि कमी आउने बताएकाछन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ०९:०२