१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नुवाकोटका क्रिकेटर अधिकारीको मोटरसाइकल दुर्घटनामा मृत्यु


२३ असार, नुवाकोट । नुवाकोटका क्रिकेटर ठाकुर अधिकारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । क्रिकेटर अधिकारीको विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । अधिकारी बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका विदुर नगरपालिका–३ खड्गभञ्याङ स्थायी घर भएका २१ वर्षीय अधिकारीको उपचारका क्रममा चक्रदेव पोलिक्लिनिकमा मृत्यु भएको नुवाकोटका ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले  पुष्टि गरेका छन । अधिकारी चढेको बा९८प ५५१६ नंको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित भइ सडकमा भीरमा खसेको थियो ।

अधिकारीले नुवाकोटको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगिता र उमेर समूहको क्रिकेट प्रतियोगितामा सहभागीता जनाइसकेका छन । अघिकारीसँगै मोटरसाइकलमा सवार रहेका विदुर नगरपालिका–५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते अवस्थामा रहेका छन ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार ०९:०४