८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नुवाकोट क्याम्पसमा भएको कांग्रेसको कार्यकर्ताको भर्ती बदर गर्न अनेरास्ववियूको माग


२२ असार, काठमाडाैँ । अनेरास्ववियू नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टार कमिटीले क्याम्पसमा भएको कांग्रेसको कार्यकर्ताको भर्ती बदर गरी थप गतिबिधिमा प्रतिबन्ध लगाउन माग गरेको छ । सोमबार विज्ञप्ति प्रकाशित गर्दै नियमविपरित भएको नेपाली कांग्रेसका कार्यकर्ताको भर्ति बन्द गर्न र त्रिविले दिएको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

अनेरास्ववियू क्याम्पस कमिटीका अध्यक्ष विष्णुहरि रिमाल सत्यले जारी गरेको विज्ञप्तिमा क्यम्पसको नेतृत्व भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन । विज्ञप्तिमा क्याम्प प्रशासन र सञ्चालक समितिमा नैतिकताको खडेरी लागेको उल्लेख गरिएको छ ।

क्याम्पस प्रशासनले बिधि र बिधानलाइ ठाडो चुनाैति दिँदै परिवार जसरी चलाएको बुझिएको छ । अनेरास्ववियूले विशेषगरी चार महिनाको बीचमा भएका सबै नियुक्ति र बाँडिएका जिम्मेबारी खारेज हुनुपर्ने माग पनि गरेको छ । अनेरास्ववियूले क्याम्पस सञ्चालकको बर्खास्तगीको माग समेत गरेको छ ।

विज्ञप्ति 

प्रकाशित मिति : २२ असार २०७७, सोमबार २१:५२