१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

फोर्स मोटर्सले ग्राहकले बैंक/फाइनान्समा तिर्नु पर्ने १ बर्षसम्मको किस्ता आफैँ तिरिदिने


२२ असार, काठमाडाैँ । नेपालका लागी फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा बितरक आयाम इन्टरकन्टिनेन्टल प्रा. लि.ले कोरोना महामारीका बेलास्थिति सहज बनाउनका लागी आफ्ना ग्राहकहरुका लागी बृहत प्याकेज योजना ल्याएको छ । उक्त योजना अन्र्तगत फोर्स कम्पनीको बिभिन्न मोडेलको गाडी खरिद गरिसकेपछि ग्राहकहरुले बैंक/फाइनान्समा तिर्नु पर्ने १ बर्षसम्मको किस्ता रकम कम्पनीले नै तिरिदिने साथै १ लाख रुपैयाँ सम्मको नगद छुट दिनेभएको छ ।

आयाम इन्टरकन्टिनेन्टल प्रा. लि. ले बिगत ६ बर्षदेखि फोर्स मोटर्सको बिभिन्न मोडेलका गाडीहरुको आयात तथा बिक्रिबितरण गर्दै आएको छ । उक्त कम्पनीले सबैभन्दा धेरै सिट क्षमता भएको जिप (१४ सिट) र ३ बर्ष वा ३ लाख कि. मि. को इन्जिन वारेन्टी भएको मर्सिडिज बेन्जइन्जिन जडित जिप तथा पिकअप, डेलिभरी भ्यान, बस आदि गाडीहरुको आयात तथा बिक्रि बितरण गर्दै आएको छ ।यो योजनायहि २०७७को असार मसान्त भित्रमा खरिद वा बुकिङ्ग गर्नु हुने ग्राहकहरुका लागि मात्र लागु हुनेछ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार १४:२४