४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

नेकपाको निर्णायक वार्ता बालुवाटारमा सुरु, इश्वर पाेखरेल र शंकर पाेखरेल पनि सहभागी


२१ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीचकाे निर्णायक वार्ता बालुवाटारमा सुरु भएकाे छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेटेर प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

अध्यक्षद्धयका तर्फबाट २/२ जना सहयोगी नेताहरुलाइ समेत समेत वार्तामा सहभागी गराइएकाे छ । प्रधानमन्त्री ओलीको तर्फबाट इश्वर पाेखरेल, विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् । यसअघि शुक्रवार दुई अध्यक्षबीचको वार्ता भएकाे थियाे । वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार १२:३९