११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

महाअभियोग लगाउने तयारीमा जुटेको आरोप लागेका प्रचण्ड, झलनाथ र माधव नेपाल राष्ट्रपति भवनमा


२१ असार, काठमाडौँ । महाअभियोग लगाउने तयारीमा जुटेको आरोप लागेका अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । अध्यक्ष प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपालपनि शीतल निवास गएका छन् ।

नयाँ नक्सा प्रकाशन गरेकै कारण सत्ताबाट जसरी पनि हटाउने भारतको योजना रहेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर पार्टी र सरकारको नेतृत्त्व हत्याउने सुनियोजित योजनामा रहेका तीनै जना नेता केहीबेर अघि शीतलनिवास गएका हुन् । प्रधानमन्त्री ओली मात्रै नभई राष्ट्रपतिबिरुद्ध नै महाअभियोग लगाएर आफ्नो समुहका नेतालाई राष्ट्रपति बनाउनेसम्मको योजना अघि बढाइरहका तीन नेता शीतवनिवास पुग्नुलाई अर्थपुर्ण रुपमा लिइएको छ ।

राष्ट्रपति भण्डारी हटाएर झलनाथ खनाललाई बनाउने उक्त गुटले निर्णय गरिसकेको छ । एक बर्षदेखि प्रधानमन्त्रीबिरुद्ध सुनियोजित अभियान चलाएको सो समुहले पार्टी एकताको सवै आधार भत्काएर स्थायी कमिटीको बहुमतबाट ओलीलाई हटाउने निर्णय गरी पार्टी बिभाजनको अन्तिम तयारी गरिरहेको छ ।

एकताको नायकलाई नै फालेर पार्टी र सत्ता कू गर्ने योजनालाई खुलेयाम रुपमा अघि बढाए पनि सो समुहले प्रधानमन्त्री ओलीले नै पार्टी फुटाउन लागेको हल्ला चलाइरहेको छ । आज राष्ट्रपतिसँगको छलफलमा तीनै जना नेताले आफूहरुले महाअभियोग लगाउने अभियान नचलाएको भन्दै स्पष्टिकरण दिने बताइएको छ । यद्यपी शितलनिवास र बालुवाटारमा महाअभियोगको सूचना बुधवार नै पुगिसकेको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार १२:०२