१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

बामदेव गाैतमले प्रचण्ड-नेपाललाई एकतामा साथ दिए पनि पार्टी फुटाउन नदिने


२१ असार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकमात्र उपाध्यक्ष बामदेव गौतमले पार्टी एक बनाउने अभियानमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ दिए पनि फुटाउने अभियानमा साथ नदिने स्पष्ट पारेका छन । प्रचण्डले स्थायी कमिटी बैठकमै पार्टी फुटको प्लेटफर्म हुने भनेर संकेत गरे  गगत्तै गौतमले आफूले यस्तो काममा साथ नदिने स्पष्ट पारेका छन ।

भारतीय एजेन्टहरू नेकपाको भित्रभित्र पसेर नेताहरू छिन्नभिन्न पार्न थालेपछि गौतमले आफ्नो पोजिसन पुरानै अवस्थामा रहेको भन्दै आफू निकटका नेताहरूलाइ निबासमै बोलाएर जानकारी गराएका छन । गौतमको भेलामा सहभागी एक नेताका अनुसार उनले भनेका छन ‘नेकपा भित्रको विकसित घट्नाक्रममा म यथास्थान भुमिका मा छु कसैमा भ्रम नरहोस। पार्टी फुटाउने र चोइट्याउनेहरुको पक्षमा कहिल्यै मेरो साथ रहनेछैन।’

प्रचण्ड पक्षले पार्टी फुटको संकेत गर्दै जिल्ला बाहिर रहेका केन्द्रीय सदस्यहरूलाइ समेत काठमाडौँ बोलाएको छ । भारतीय योजनामा सरकार ढाल्ने खेल हुनु र त्यसको नेतृत्व प्रचण्डले गर्नु र त्यसमा चुपचाप माधवकुमार नेपालले समर्थन गर्नुले नेकपाका दोस्रो तहका कतिपय नेताले पार्टी फुटको नजिक नै पुगिसकेको आंकलन समेत गरेका छन । यस्तो काममा गौतमले भने साथ नरहने स्पष्ट पारेका छन ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार ०९:५४