१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पाँच जनाको चुम्लुङले प्रधानमन्त्री ओलीलाई हटाउन सक्दैनः पूर्वमन्त्री बाँस्कोटा


२१ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच जनाको चुम्लुङ (भेला)ले प्रधानमन्त्री ओलीलाई हटाउन नक्सने बताएका छन । सामाजिक सञ्जालमा प्रचण्ड समूहका नेताहरूप्रति कटाक्ष गर्दै पूर्वमन्त्री बाँस्कोटाले एउटा कोठामा बसेर गुटको चुम्लुङले प्रधानमन्त्री हटाउने निर्णय गर्न नसक्ने बताएका छन ।

उनले नेकपाको जारी स्थायी कमिटी बैठक प्रतिसोध राख्ने अखडा भएको उल्लेख गरेका छन । पार्टी फुटको संघारमा पुगिरहँदा बाँस्कोटाले  स्थायी कमिटी बैठक प्रतिसोध साध्ने अखडा भएको तथा कोठे बैठकबाट प्रधानमन्त्री हटाउन खोजिएको भन्दै आपत्ती जनाएका छन् । उनले प्रधानमन्त्री ओलीलाई नाकाबन्दी नटेर्दा र चुच्चे नक्सा जारी गर्दा चारपाँच जनाले सजाय दिन खोजेको बताएका छन ।

उनले भनेका छन्, ‘पार्टी स्थायी समिति विचार,सङ्गठनको मियो कि अस्थिरता, प्रतिशोध साध्ने अखाडोरु अधिवेशन नगर्ने अध्यक्ष हटाउने,चुनिएको प्रधानमन्त्री कोटरीले हटाउनेरुडेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ,घरमुली हटाउने,त्योपनि चारपाँचको चुम्लुङले ? नाकाबन्दी नटेर्दा,चुच्चे नक्शा निकाल्दाको सजाय !’

प्रकाशित मिति : २१ असार २०७७, आईतवार ०९:३४