१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बालुवाटारको बैठक सकियो, प्रधानमन्त्री र राष्ट्रपतिविरूद्ध नेकपा भित्रैबाट गम्भीर षडयन्त्र


२० असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाइ बालुवाटारमा बोलाएर आफू र राष्ट्रपति विद्यादेवी भण्डारीको विरूद्धमा गम्भीर षडयन्त्र भएको बताएका छन । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका नेताहरूले प्रधानमन्त्री र राष्ट्रपतिका विरूद्धमा गम्भीर षडयन्त्र गरिरहेको भन्दै यतातर्फ सजग हुन अपिल गरेका छन ।

उनले पार्टी एकताका लागि आफूले अन्तमिम समयसम्म पनि प्रयत्न गर्ने भन्दै मन्त्री र राज्यमन्त्रीहरूलाइ पार्टी एकढिक्का बनाउने अभियानसमा सहयोग गर्न आग्रह गरे । उनले पार्टीको विवाद चरम भएको भन्दै एक रहने सम्भावना निकै कम देखिएको यद्यपी त्यसलाई बचाउन आफूले अथक प्रयास गरिरहेकाको बताएका छन ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार २१:१५