७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्रधानमन्त्री ओलीसहितको मन्त्री र राज्यमन्त्रीको बैठक बालुवाटारमा सुरू, यस्ता छन एजेण्डा


२० असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू र राज्यमन्त्रीसहितको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले समसामयिक विषयमा मन्त्री र राज्यमन्त्रीसँग छलफल गर्न सुरू गर्नुभएको हो । बैठकको एजेण्डामा प्रधानमन्त्रीले समसामयिक राजनीतिका विषयामा बताउने र त्यसपछि मन्त्री र राज्यमन्त्रीसँग परामर्श लिने बुझिएको छ ।

यसअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्गर्न शितल निवास पुगेका थिए । नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र भारतीय प्रभाव बढ्दै सरकार गिराउने र पार्टी फुटाउनेसम्मको खेल सुरू भएपछि प्रधानमन्त्रीले परामर्श तीब्र पारेका छन ।

 

प्रकाशित मिति : २० असार २०७७, शनिबार २०:१९