६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

राष्ट्रपति माथि महाअभियोग लगाउने दिवा स्वप्न नदेख्न महेश बस्नेतको चेतावनी


२० असार, काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले राष्ट्रपति माथि महाअभियोग लगाउने दिवा स्वप्न नदेख्न चेतावनी दिएका छन । प्राइम टेलिभिजनसँगको कुराकानीमा पूर्वमन्त्री बस्नेलले राष्ट्रपति विद्यादेवी भण्डारी माथि महाअभियोग लगाएर राष्ट्रपति बन्छु भनेर दीवास्प्न देख्नेलाइ उनले त्यस्तो सपना पूरा नहुने बताए ।

पूर्वमन्त्री बस्नेतले भने ‘प्रचण्ड र माधव नेपालको दुईवटा गुटले ओलीलाई निकाल्छु भन्ने दिवा सपना देखेका रहेछन । आफु राष्ट्रपति बन्नलाई वर्तमान राष्ट्रपतिलाई महाअभियोग लगाउने भन्ने योजना बनाएका रहेछन । त्यो हास्यास्पद छ । पद विभाजन गर्दै स्वार्थको खेल प्रचण्डले गरेका रहेछन ।’

उनले वर्तमान नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउँछु भन्ने सपना मनको लड्डु घ्यु खाएको जस्तो मात्र भएको बताए । बस्नेतले सरकारले पार्टीको निर्णय मान्ने तर गुटको निर्णय मान्न बाध्य नहुने बताएका छन ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार २०:०६