६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

प्रधानमन्त्री ओली र प्रचण्डबीचकाे छलफल सकियाे, यस्ताे बन्याे सहमति


१९ असार, काठमाडौँ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसहितका नेताहरुबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठक सकिएकाे छ । बिहान १२ पछि सुरू भएको भेटवार्ता दिउँसो तीन बजेसम्म चलेको थियो। छलफलमा एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको छ भने थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार समेत भएको छ । ‘ छलफल सौहार्दपूर्ण र खुलेर, भयो’, बैठकमा सहभागी ती नेताले भने, ‘फेरि अर्को चरण बसेर सबै विषयमा कुराकानी गर्ने सहमति भएको छ ।’छलफलमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार १५:२५