६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

बलिउड कोरियोग्राफर सरोज खानको निधन


१९ असार, काठमाडाैँ । बलिउडकी कोरियोग्राफर सरोज खानको निधन भएको छ । उनकाे ७१ बर्षको उमेरमा बिहिबार बेलुकी निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई केही दिन अगाडि अस्पतालमा भर्ना भएकी उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । बलिउडमा ४० बर्ष बिताएकी उनको आज मलाडको मालवानीमा अन्तिम संकार गरिनेछ ।

यो अवधीमा उनले करिब २ हजार गीतमा कोरियोग्राफी गरेकी थिइन् । उनले तीन पटक राष्ट्रिय पुरस्कार समेत जितेकी थिइन् । सन् १९७४ मा सार्वजनिक भएको ‘गीता मेरा नाम’मा पहिलो पटक सरोजले कोरियोग्राफी गरेकी थिइन् । यसपछि उनले, ‘हवा–हवाई, एक दो तिन, धक–धक करने लगा’, डोला रे डोला’ लगायतका सुपरहिट गीतमा कोरियोग्राफी गरेकी थिइन् ।

उनले कोरियोग्राफी गरेको अन्तिम गीत निर्माता करण जोहरको ‘कलंक’ नामक चलचित्रको ‘तबाह हो गए’ थियो । गीतको भिडियोमा नायिका माधुरी दिक्षितले नृत्य गरेकी छिन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार ११:४१