७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

दाङको तुलसीपुरकी एक युवतीले सामाजिक सञ्जालमा लाइभ गर्दै गरिन् आत्महत्या


१८ असार, दाङ । दाङको तुलसीपुरकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरे ।

‘राति १ बजेर २५ मिनेटमा जानकारी पायौँ, घर पत्ता लगाउन मुस्किल पर्‍यो, अबेर उनको घरमा पुग्दा उनको मृत्यु भैसकेको थियो ।’, उनले भने, ‘उनी माइतीमा बस्दै आएको खुलेको छ ।’ बुवा आमा सबै भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् ।’ घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार ११:४२