७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रचण्डले दिएको एमाले दर्ताको त्यो सूचना, खुमलटार बैठकको के थियो निष्कर्ष ?


१६ असार, काठमाडौँ । तत्कालीन नेकपा माओवादी केन्द्रसँग एकतापछि अस्तित्वमा नरहेको नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको प्रचण्डले नै खुलासा गरेका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समितिको मंगलबारको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले एमाले दर्ताको जानकारी आएको भन्दै बैठकको एजेण्डा बनाएका हुन ।

मंगलबार बिहान प्रचण्ड निवास बसेको भैँसेपाटी गुटका नेताहरूको भेलाले स्थायी कमिटीको बैठक नियमित एजेन्टाबाहेक अघि बढाउन दबाब दिने र त्यसैको विषयमा छलफल चलाउने निष्कर्ष निकालेको थियो । स्रोतका अनुसार उक्त बैठकले नेताहरूको आसनको विषयदेखि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीको अभिव्यक्तिको विषय समेत बैठकको एजेण्डा बनाउने निष्कर्ष निकालेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको स्थायी कमिटी अघि बसेको त्यस बैठकमा सोमबार झापाकी सन्धा तिवारीले एमाले दर्ताका लागि दिएको निवेदनको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने निष्कर्ष निकालेको थियो । बालुवाटारमा बैठक सुरू हुनेबितिक्कै नेताहरूले पूर्व योजना अनुरूप योजनावद्ध ढंगले बैठक नियमित एजेण्डा भन्दा बाहिर सञ्चालन गर्न माग गरे र प्रचण्ड निवासमा बिहान भएको सहमति अनुसार बैठकमा प्रधानमन्त्रको राजिनामा मागियो ।

बैठकमा प्रचण्डले उठाएको विषय र भारतीय मिडियाको शैली उस्तै देखिएको सहभागी एक स्थायी कमिटी सदस्यले दैनिकीलाइ जानकारी दिए । प्रचण्डले बैठकको सुरूमै भारतीय मिडियाको शैलीमा राजिनामाको कुरा उठाएपछि प्रचण्ड निकटकै कतिपय स्थायी कमिटी सदस्यले समेत आश्चर्य प्रकट गरेका थिए ।

भारतको संस्थापना निकट केही मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीको काम कारवाहीमाथि प्रश्न उठाई राजिनामा दिने तयारी रहेको अफवाह फैलाइरहेका थिए । केहीदिनदेखि प्रचण्डको पनि शंकास्पद व्यक्तिहरूसँग गोप्य भेटघाट बाक्लिएको थियो । कालापानी, लिपुलेक, लिम्पियाधुरासहित समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय संस्थापना पक्ष ओली सरकार हटाउन नेकपाभित्रका नेताहरूको बीचमा खेलिरहेको छ ।

दुई दिन अघि  प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार गिराई अस्थिरता ल्याउन छिमेकी भारत सक्रिय भइरहेको सार्वजनिक रुपमै बताउनुभएको थियो । र, कसैले चाहेर आफू प्रधानमन्त्री पदबाट नहट्ने दृढता समेत राखेका थिए । त्यसपछि अलतालिएका भारतको एजेण्डा बोक्नेहरूले सामाजिक सञ्जालमा समेत प्रधानमन्त्रीको बिरोध गरेका थिए । मंगलबारको बैठकमा त प्रचण्ड लगायतको नेताले भारतलाइ चिढ्याएको भन्दै खुलमखुला भारको पक्षपोषण गरेका थिए । पूर्व माओवादीका नेता गोपाल किराँतीको नाममा अहिले पनि माओवादी केन्द्र पार्टी दर्ता रहेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलवार २०:३७