६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

सरकार ढाल्न सक्रिय भारत भनेकै हामी हाैँः प्रचण्ड


१६ असार, काठमाडौँ । भारतीय पत्रिकामा समाचार बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्मजयन्तीका अवसरमा दिएको अभिव्यक्ति र नेकपाका नेताहरूले स्थायी कमिटीको बैठकमा उठाएको विषय हुबहु मिलेको छ । मदन जयन्तीको दिन प्रधानमन्त्रीले सरकार असफल पार्नका लागि विभिन्न गिरोह सक्रिय रहेको अभिव्यक्ति दिएका थिए ।

मंगलबारको स्थायी कमिटी बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको विरूद्धमा हुनेगरी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले आफ्नो पनि चित्त दुखेको बताए । उनले सरकार ढाल्नका लागि आफूले नै खेल खेलको भन्दै यसमा अनावश्यक रूपमा भारतलाइ मुछ्नु आवश्यक नभएको बताए ।


प्रचण्डले प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गुम्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने निष्कर्ष सुनाएका थिए । बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डले भनेका थिए ‘मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनु भयो । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सकिँदैन ।’

स्थायी समितिको चौथो दिनको बैठकमा वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले पनि प्रचण्डकै लयमा प्रधानमन्त्रीको अभिव्यक्ति माथि आलोचना गर्दै सरकार ढाल्नका लागि भारत नभइ आफूहरू नै सक्रिय रहेको बताएको ती स्थायी कमिटी सदस्यले  दैनिकीलाइ बताए ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलवार १६:४६